पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि दुई खेलाडी रिटेन गरेको छ ।

पोखराले पदम भट्टराई र नरेन चौधरी दुबैलाई दुवैलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो ।

पोखराले यो संस्करणमा आयुश घलानलाई कप्तान बनाउँदा समीर तामाङलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ । यसैगरी पोखराको प्रशिक्षण जिम्मेवारी सुमन श्रेष्ठले सम्हाल्नेछन् ।

एनएसएलको तेस्रो सिजनको लागि अक्सन यही फागुन १० गते शनिवार हुँदैछ । त्यसअघि सहभागि टिमहरुले खेलाडी रिटेन गर्ने, मार्की प्लेअर घोषणा गर्ने र प्रशिक्षक नियुक्त गर्ने क्रम जारी छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुने तालिका छ । तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *