इटहरी । मच्छिन्द्र फुटबल क्लब इटहरीमा जारी १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइलनलमा प्रवेश गरेको छ ।

बुधबार इटहरी रंगशालामा भएको पहिलो सेमिफाइलनल खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लब (दार्जिलिङ) लाई ३–१ गोलको अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएकोमा दुवै टीम गोलरहित बराबरीमा टुंगिए । दोस्रो हाफको ६५औं मिनटमा दार्जिलिङका हेमराज भूजेलले पहिलो गोल गरे । उनले गोल गरेको लगतै एक मिनेटमा मच्छिन्द्र फुटवल क्लबका ओमलोजाले गोल गरे ।

दोस्रो हाफको खेलमा मच्छिन्द्रले दार्जिलिङलाई पुरै दबाबमा राखेर खेलेकोमा ७२औं र ९२औं मिनेटमा मल्लिकले दुई गोल गरि आफ्नो टीमलाई एकका बिरुद्द तीन गोलले अग्रता दिलाए । खेलमा मल्लिक नै म्यान अफ दि म्याच भए । उनले नगद दस हजार रुपैयाँ पाए ।

पहिलो चरणको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा ११ फुटबल क्लबलाई १-० गोलको अन्तरले हराएर सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । दार्जिलिङले पहिलो चरणमा आयोेजक राष्ट्रिय जागृति क्लबलाई २-१ गोलको अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।  

मच्छिन्द्र फुटबल क्लबले अब शनिबार फाइलनमा विहीबारको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । विहीबार दोस्रो सेमिफाइनल खेल धरान फुटबल क्लब र  सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।

सगरमाथा युथ क्लबले क्वाटरफाइनल खेलमा एनआरटी क्लब काठमाडौंलाई १-० गोलको अन्तरले पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । सगरमाथा युथ क्लबले १२औं र १३औं संस्करणमा इटहरी गोल्डकपको उपाधि उचालि सकेको छ ।

धरान फुटबल क्लबले क्वाटरफाइनल खेलमा चर्च ब्वाइज यूनाइटेड क्लबलाई २–१ गोलको अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको थियो । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *