ब्राजिलिय स्टार नेयमारले ४ हजार २ सय ७३ दिनपछि सान्तोसका लागि पुनरागमन गरेका छन् । आज बिहान भएको खेलमा सान्तोस बोटाफोगो विरुद्धको खेल १-१ को बराबरीमा टुंगियो ।
खेलको दोस्रो हाफमा कप्तानको रूपमा मैदान प्रवेश गरेका नेयमारले उत्कृष्ट प्रयास गरे पनि गोल गर्न सकेनन् । खेलमा नेयमार म्यान अफ द म्याच भए ।
सान्तोसका लागि तिकिन्हो सोआरेसले पेनाल्टीबाट गोल गरे, तर २२औं मिनेटमा अलेक्जान्द्रे जिससको हेडर गोलले बोटाफोगोले बराबरी गर्यो ।
सान्तोस हाल पउलिस्ताओको समूह ‘बी’ मा आठ अंकसहित शीर्ष स्थानमा छ र आइतबार नोभोरिजोन्टिनोसँग खेल्नेछ ।
