मकवानपुर । मच्छिन्द्र क्लब मकवानपुरमा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई ३-१ गोलले हराउँदै सावित विजेता समेत रहेको मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको जितमा शिशिर लेकिले खेलको ४२औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडीले स्टेफेनले दोस्रो हाफको ४३औं मिनेटमा गोल गरे ।
थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औं मिनेटमा सुरुवाती अग्रता बनाएपनी खेलको टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
खेलको म्यान अफ द म्याच मच्छिन्द्रक देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चौथो संस्करणको विजेता थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ । विजेता टोलिले उपाधीका लागि सोमबार चर्च ब्र्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३-२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । अब मच्छिन्द्रले उपाधिका लागि सोमबार चर्च ब्वाइजसँग खेल्नेछ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरिसकेको छ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
