दुहबी । आइतबारदेखि शुरु भएको सातौं दुहबी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० ले विजयी शुरुवात गरेको छ ।

दुहबी-५ स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर १० ले वडा नम्बर ९ लाई २–० गोलले हरायो । वडा नम्बर १० लाई जित दिलाउन कुन्दन चौधरी र कबिन्द्र चौधरीले गोल गरे ।

खेलको म्यान अफ दि म्याच वडा नम्बर १० का ललित उराउ घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

यो जितसँगै वडा नम्बर १० क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगर प्रमुख वेद नारायण गच्छदारले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमबार वडा नम्बर ५ र वडा नम्बर १२ बीच खेल हुनेछ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *