जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ।
शनिबार राति सम्पन्न खेलमा बायर्न बायर लिभरकुसेनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
लेभरकुसेनको घरेलु मैदान बेएरिना रंगशालामा भएको खेलमा गोल गर्न पाएका केही मौका सदुपयोग गर्न नसक्दा दुवै टोली अंक बाँड्न बाध्य भए ।
बराबरीसँगै २२ खेलबाट बायर्न ५५ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने लेभरकुसेन ४७ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ ।
लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा बोरुसिया डर्टमन्ड बोचुमसँग २-० ले पराजित हुँदा फ्रेइबर्गले एफसी सेन्ट पाउलीलाई १-० ले हरायो ।
यस्तै बोरुसिया मोन्चेनग्लाडबाचले युनियन बर्लिन तथा उल्भ्सबर्गले स्टुटगार्टविरुद्ध समान २-१ को जित निकाले ।
