इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुल बराबरीमा रोकिएको छ । बुधबार राती भएको खेलमा लिभरपुल एस्टन भिल्लासँँग २-२ को बराबरीमा रोकिएको हो ।

एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा भिल्लाका लागि युरी टिलेमन्स र ओली वा‌ट्किन्सले गोल गरे । लिभरपुलका लागि भने मोहम्म्द सलाह र एलेक्जेन्डर आर्नोल्डले गोल गरे ।

खेलको २९औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा टिलेमन्सले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा वा‌ट्किन्सले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई अगाडि राखे ।

दोस्रो हाफको ६१औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।

बराबरीपछि पनि लिभरपुल २६ खेलबाट ६१ अंकका साथ शीर्षस्थानमा यथावत छ । एस्टन भिल्ला ३९ अंकका साथ नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *