म्यानचेस्टर सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिवार राति भएको चौथौं चरणको खेलमा लेटन ओरिएन्टमाथि २–१ को पुनरागमन जित निकाल्दै सिटी एफए कपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

लेटन ओरिएन्टको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन अब्दुकोदिर खुसानोभ र केभिन डी ब्रुएनाले गोल गरे । लेटनका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाबाट आत्मघाती गोल हुन पुग्दा लेटनले अग्रता लिएको थियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए ।

डी ब्रुएनाले ७९औं मिनेटमा गोल गर्दै सिटीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *