इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको पहिलो चरणको पहिलो लेगमा कठिन जित निकालेको छ ।
बिहीबार बिहान भएको खेलमा मियामीले स्पोर्टिङ कान्सास सिटीलाई १-० गोलले पराजित गरेको हो ।
चिल्ड्रेन मर्सी पार्कमा पाहुना टोली मियामीलाई जित दिलाउन कप्तान लियोनल मेस्सीले गरेको एकमात्रै गोल निर्णायक बन्यो । उनले खेलको ५६औं मिनेटमा सर्जियो बुस्केट्सको पासलाई पोस्टको दिशा दिए ।
अब दोस्रो लेग इन्टर मियामीको घरेलु मैदान चेज रंगशालामा हुनेछ ।
