बराबरीमा रोकियो अल नासर

२०८१, ६ फाल्गुन मंगलवार १२:३६

च्याम्पियन्स लिग एलिट अन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेवियन क्लब अल नासर एएफसी बराबरीमा रोकिएको छ ।

आजाद स्पोर्ट्स कम्प्लेक्समा सोमबार भएको खेलमा नासरले घरेलु टोली इरानी क्लब पर्सेपोलिससँग गोलरहित बराबरी खेलेको हो।

यस बराबरीसँगै ८ खेलबाट १७ अंक जोडेको अल नासर समूह ‘बी’ को तेश्रो स्थानमा रहेको छ । यस्तै अल नासर लिगको अर्को चरणमा समेत प्रवेश गरेको छ ।

यसैगरी पर्सेपोलिस समान खेलमा ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *