टर्किस फुटबल संघले फेनरबाचका प्रशिक्षक जोसे माउरिन्होलाई चार खेलको प्रतिबन्ध लगाएको छ ।
यस्तै उनलाई ३५ हजार पाउन्ड जरिवाना पनि गरिएको छ । गत सोमाबार इस्तानबुल डर्बीपछि गालाटासारेले माउरिन्होले जातीय अभिव्यक्ति दिएको आरोप लगाएको थियो ।
गोलरहित बराबरीमा साकिएको सो खेलको रेफ्री स्लोभेनियाका स्भाभ्को भिन्सिक थिए । खेलको फोर्थ अफिसियल भने टर्कीस थिए । माउरिन्होले खेलपछिको पत्रकार सम्मेलनमा टर्की रेफ्रीहरूको आलोचना दोहोर्याएका थिए ।
६२ वर्षीय पोर्चुगिज प्रशिक्षक माउरिन्होले सोमबारको खेलपछि रेफ्रीको ड्रेसिङ रुममा गएर फोर्थ अफिसिललाई ‘यदि तपाईं खेलको रेफ्री हुनुभएको भए खेल अन्त्यन्त नराम्रो हुने थियो’ भनेका थिए ।
बिहीबार टर्की फुटबल संघले दुई छुट्टाछुट्टै अनुशासनहिन क्रियाकलापका लागि माउरिन्होलाई कारबाही गरेकाे हाे ।
महासंघले माउरिन्होले आपमानजनक र आपत्तिजनक टिप्पणी गरको भन्दै कारबाही गर्ने बताएको छ । साथै उनलाई टर्की फुटबल समुदाय र टर्किस रेफ्रीप्रतिको टिप्पणीले फुटबललाई अराजकता र अव्यवस्थामा पुर्याइएको आरोप समेत लगाइएको छ ।
उनले रेफ्रीमाथि गरेको अर्को टिप्पणीलाई पनि कारवाहीको दायारमा ल्याइएको छ । उनले भनेका थिए, ‘पहिलो मिनेटमा डाइभ गरेपछि उनीहरुको बेन्चमा रहेका खेलाडी बाँदर झैँ अफ्रिन्छन् र एक मिनेटपछि टर्कीस रेफ्रीले पहेँलो कार्ड दिन्छन् । पाँच मिनेछपछि मैले उसलाई परिवर्तन गर्नुपर्छ ।’
