च्याम्पियन्स ट्रफी २०२५ मा पाकिस्तानी टोली समुह चरणबाटै बाहिरिएपछि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी क्रिकेट टोलीका मुख्य प्रशिक्षक अकिब जाबेदलाई बर्खास्त गरेको छ।
आयोजक टोली पाकिस्तान च्याम्पियन्स ट्रफी शुरु भएको ५ दिनमै प्रतियोगिताबाट बाहिरिएपछि पीसीबीले मुख्य प्रशिक्षक अकिब जाबेदलाई बर्खास्त गरेको हो । पाकिस्तान पहिलो खेलमा न्यूजील्याण्ड दोश्रो खेलमा भारतसँग पराजित भएको थियो ।
आयोजक टोली पाकिस्तान समुह चरणबाटै बाहिरिएर पछि निकै आलोचना भएको थियो । पाकिस्तानको यस्तो सर्मनाक प्रदर्शनमा प्रमुख प्रशिक्षक मात्र नभई खेलाडी, चयनकर्ता र कोचिङ स्टाफलाई दोषी मानिएको छ । पीसीबीले छानविनपछि निकट भविष्यमै अन्यलाई पनि कारवाहि प्रक्रिया अगाडि बढाउने बुझिएको छ ।
पीसीवीले गत वर्ष प्रमुख प्रशिक्षक गेरी क्रस्टर्न बर्खास्त गरेपछि आकिब जावेदलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । पीसीवीले जावेदलाई प्रमुख प्रशिक्षकबाट हटाएपनि उक्त स्थानमा अन्य कस्लाई नियुक्ति गर्ने त्यसको बारेमा अहिले कुनै निर्णय गरेको छैन ।
च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तान टोली उत्कृष्ट प्रदर्शन गर्न असफल भएको थियो । पाकिस्तान ब्याटिङ, बलिङ र फिल्डिङमा निकै कमजोर सावित देखिएको थियो। परिणाम पाकिस्तान समुह चरणका दुवै खेलमा पराजित हुदै प्रतियोगिताबाटै बाहिरिन पुगेको थियो ।
