नेयमारले एक गोल र दुई असिस्ट गरेपछि सान्तोस एफसीले ब्राजिलियन शीर्ष घरेलु लिग फुटबल पाउलिस्टा ए १ मा सहज जित निकालेको छ ।
सोमबार बिहान भएको खेलमा सान्तोषले इन्टरनासिओनल डे लिमेइरालाई उसैको घरेलु मैदानमा ३-० ले पराजित गरेको हो । टोलीले गरेको ३ वटै गोलमा नेयमारको योगदान रह्यो ।
खेलको नवौं मिनेटमा नेयमारको पासमा टिक्विन्हो सोआरेजले गोल गर्दै सान्तोसलाई अग्रता दिलाएका थिए । त्यसपछि २७औं मिनेटमा नेयमार आफैंले गोल गरेर टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ३२औं मिनेटमा नेयामारकै पासमा टिक्विन्हो सोआरेजले व्यक्तिगत दोस्रो गोल गर्दा सान्तोस ३-० ले विजयी भयो ।
नेयमारले दोस्रोपटक सान्तोष फर्किएपछि घरेलु लिगमा ६ खेल खेलिसक्दा २ गोल र ३ असिस्ट गरेर ५ गोलमा योगदान दिइसकेका छन् ।
