नेपाली युवा टोली मैत्रीपूर्ण फुटबल खेलमा चीनको युनान युवा टोलीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा घरेलु टोली नेपाल चिनीयाँ टोलीसँग २–० ले पराजित भएको हो । युनानको जितमा यु मोङ्घायुई र वाङ्ग बिनहानले गोल गरे ।

खेलको २१औं मिनेटमा मोङ्घायुईको गोलमा युयानले अग्रता लिएको थियो । ७८औं मिनेटमा बिनहानले टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलमा फकिर्न प्रयास गरेतापनि नेपाली टोलीले गोल भने फर्काउन सकेन ।

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र चिनिया राजदुतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेल भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *