पोखरा । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उद्देश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताएका छन् ।

आज (बुधबार) दोश्रो विश्वविद्यालय खेलकुदको पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था गरिको जानकारी समेत गराए ।

सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा. मधुसुदन सुवेदीले स्वागतले मन्तव्य राखेका थिए । कार्यक्रममा विश्व विध्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो ।

माघ २४ गतेसम्म सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ, पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन् ।

भलिबल, एथलेटिक्स, टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भईरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *