डुरानको दुई गोलमा अल नासरको जित

२०८१, २ फाल्गुन शुक्रबार ०८:००

जोन डुरानको दुई गोलको सहयोगमा अल नासरले साउदी प्रो लिगमा जित निकालेको छ ।

बिहीवार भएको खेलमा अल नासरले अल अह्वीलाई ३-२ ले पराजित गरेको हो । अल नासरको जितमा अमिन याहाले १ गोल थपे । अल अह्नीका लागि इभान टोनी र सुमयाह्न नभिदले समान १ गोल गरे ।

डुरानले ३२औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ नासरले १-० को अग्रता कायम गरेको थियो । दोस्रो हाफको सुरुवातमा नै नासर १० खेलाडीमा सिमित भएको थियो । ४७औं मिनेटमा नासरका मोहम्मद सिमाकान रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

७८औं मिनेटमा अह्लीका टोनीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेट पछि नै याहाले गोल गर्दै नासरलाई २-१ को अग्रता दिलाए । खेलको ८८औं मिनेटमा नासरका डुरानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा नभिदले अह्वीका लागि गोल गरे पनि टोलीको हार टार्न भने सकेनन् ।

जितसँगै अल नासर २० खेलमा ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । पराजित अल अह्वी समान खेलमा ३८ अंकका साथ पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *