नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली झापा एफसीले पहिलो विदेशी खेलाडीका रूपमा उज्बेकिस्तानी डिफेन्डर अजमत अब्दुल्लेवलाई अनुबन्ध गरेको छ ।
३१ वर्षीय सेन्टर ब्याक अब्दुल्लेवलाई झापाले एनएसएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो ।
उनले उज्बेकिस्तानको यु–१९, यु–२० र यु–२३ टोलीबाट खेलिसकेका छन् । हाल क्लबविहीन रहेका उनले उज्बेकिस्तान, काजकिस्तान, इन्डोनेसिया, बंगलादेशलगायतमा विभिन्न लिग खेलिसकेका छन् ।
झापाले यसअघिनै मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिसकेको छ । लाकेन लिम्बू मार्की खेलाडी घोषणा गरेको झापाले छिरिङ गुरुङलाई रिटेन गरेको थियो ।
अक्सनमा झापाले आशिष गुरुङ, अभिनाश स्याङ्तान, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई भित्र्याएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ । जसमा झापासहित ७ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
