युईएफए च्याम्पियन्स लिग अन्तर्गत प्लेअफको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले स्कटिस क्लब सेल्टिकमाथि जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बायर्नले सेल्टिकमाथि २–१ को जित निकालेको हो । सेल्टिकको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बायर्नलाई जित दिलाउन माइकल ओलिसे र ह्यारी केनले गोल गरे । सेल्टिकका लागि डेजेन मेडाले गोल गरे ।
खेलको ४५औं मिनेटमा ओलिसेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ४९औं मिनेटमा केनले टोलीको अग्रता दोब्बर पारे । सेल्टिकका लागि ७९औं मिनेटमा मेडाले गोल फर्काए पनि हार टार्न सकेनन् ।
दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी १९ मा बायर्नको मैदानमा हुनेछ ।
गएराति नै भएको अर्को खेलमा बेन्फिकाले मोनाकोलाई तथा फियनोर्डले एसी मिलानलाई समान १–० ले हराउँदा क्लब ब्रुगले एटलान्टालाई २–१ ले हरायो ।
