इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल एभर्टनसँँग बराबरीमा रोकिएको छ ।

बुधवार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २–२ को बराबरीमा रोकिएको हो । एभर्टनको घरेलु मैदानमा भएको मर्सीसाइड डर्बीपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटसहित चारजनालाई रातो कार्ड देखाइएको थियो ।

खेलको ११औं मिनेटमा जारार्ड बेटोले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १६औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल र एभर्टनले १-१ गोलको बराबरी खेले ।

यता, दोस्रो हाफको ७३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दा मर्सिसाइड क्लब २–१ ले अघि बढ्यो । यो गोलसँगै लिभरपुल एभर्टनविरुद्ध इन्जुरी समयसम्म अग्रता लिएको थियो ।

तर खेलको इन्जुरी समयको आठौं मिनेटमा जेम्स टार्कोवस्कीले एभर्टनका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

यता, इन्जुरी समयको १२औं मिनेटमा एभर्टनका अबदाउले डोउकउरे र लिभरपुलका कर्टिस् जोन्स रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले १-१ अंक बाँडे ।

खेल पश्चात् लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग आक्रामक रूपमा हात मिलाएपछि उनलाई पनि सिधै रातो कार्ड दिइयो । उनका सहायक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रेड कार्ड देखाइयो ।

बराबरीपछि पनि २४ खेलबाट ५७ अंकसहित लिभरपुल शीर्ष स्थानमा कायमै छ । एभर्टनले भने २४ खेलबाट २७ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *