रोबिन भान पर्सी डच क्लब फेयेनुर्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

ब्रायन प्रिस्केको बर्खास्तीपछि खाली रहेको मुख्य प्रशिक्षकमा फेयनुर्डका पूर्व खेलाडीसमेत रहेका भान पर्सी नियुक्त भएका हुन् ।

भान पर्सीले सन् २०२७ सम्मका लागि सम्झौता गरेका छन् । उनलाई रेने हेकले सहयोग गर्नेछन् । उनी अर्को डच क्लब हेरेनवीन छाडेर फेयनुर्ड पुगेका हुन् ।

सन् २००१ मा फेयनुर्डबाटै व्यसायीक करियर सुरु गरेका थिए । त्यसपछि उनी आर्सनल, म्यानचेस्टर युनाइटेड र फेनेरबाच हुँदै सन् २०१८ मा पुरानै क्लब फर्किएका थिए ।

सन् २०१९ सम्म फेयनुर्डमा रहेका भान पर्सीले आफ्नो दोस्रो स्पेलमा ३७ लिग खेल खेल्दा २१ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *