नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी तथा साबिक उपविजेता धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको छ ।
धनगढीले आइतबार २१ वर्षीय अट्याकिङ मिडफिल्डरलाई मार्की खेलाडीका रूपमा भित्र्याएको जानकारी दियो ।
छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए । दोस्रो सिजन भने धनगढी पुगेका हुन् । धनगढी दुवै संस्करणको उपविजेता टोली हो ।
पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो । दोस्रो संस्करणमा पनि फाइनल पुगेको धनगढी ललितपुर सिटीसँग पराजित भएको थियो ।
तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ । यसपल्ट धनगढीसहित सात टोलीले प्रतिस्पर्धा गर्दैछ ।
