रियाल मड्रिडका फरवार्ड किलियन एमबाप्पे र मिडफिल्डर जुड बेलिङघम बुधबारको कोपा डेल रेमा लेगानेसविरुद्धको क्वार्टरफाइनल खेल गुमाउने भएका छन् ।
‘बेलिङघमलाई सामान्य चोट लागेको छ, जसका कारण उनी उपलब्ध हुने छैनन्,’ प्रशिक्षक कार्लो एन्सेलोटीले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘एमबाप्पे आज सामान्य प्रशिक्षणमा सामेल भए । तर, खेल्नका लागि उपलब्ध हुने छैनन् ।’
एन्सेलोटीका अनुसार एमबाप्पे र बेलिङघमसँगै मिडफिल्डर एडुआर्डो कामाभिंगा तथा डिफेन्डरहरु डेभिड अलाबा र एन्टोनियो रुडिगरलाई पनि टोलीमा समावेश गरिएको छैन ।
गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट सान्टियागो बर्नाबेउ पुगेका फ्रान्सका २६ वर्षीय कप्तान एमबाप्पेले सबै प्रतियोगिताका ३३ खेलमा २१ गोल गरेका छन् । उता २१ वर्षीय इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बेलिङघमले ३० खेलमा १० गोल गरेका छन् ।
