चेल्सी एफए कपबाट बाहिरिएको छ । शनिबार राती सम्पन्न एफए कपको चौथौं चरणको खेलमा ब्राइटनसँग २-१ को हार ब्यहोरेसँगै चेल्सी बाहिरिएको हो ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन जर्जिनियो रुटर र काओरु मिटोमा गोल गरे । चेल्सीले भने ब्राइटनका बार्ट फरब्रुग्गनबाट आत्मघाती गोल उपहार पायो ।
खेलको पाँचौं मिनेटमा नै ब्राइटनका गोलरक्षक फरब्रुग्गनले कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा आत्मघाती गोल खान पुगेको थियो । तर १२औं मिनेटम रुटरले घरेलु ब्राइटनका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
मिटोमाले ५७औं मिनेटमा गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए । जितसँगै ब्राइटन एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।
यसैगरी शनिबारै सम्पन्न खेलमा जित निकाल्दै मिलवाल, इप्सवीच टाउन, प्रेस्टन, कार्डिफ सिटी, बर्नेली, बर्नमाउथ, फुलहम, न्युक्यासल युनाइटेडले पनि एफए कपको पाँचौं चरणको यात्रा तय गरेका छन् ।
