इत्तिफाकसँग अल नासर पराजित

२०८१, १० फाल्गुन शनिबार ०९:४७

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ ।

नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा भएको खेलमा नासरले २ पटकको अग्रता जोगाउन सकेन ।

इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा १ गोल नासरले उपहार स्वरुप दियो । नासरका लागि ऐमान याह्या र मोहम्मद अल फतिलले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने नासरले लियो । खेलको ४७औं मिनेटमा याह्याले गोल गरे । ५५औं मिनेटमा इत्तिफाकका विज्नाल्डमले गोल गर्दै खेल बराबरीमा पुर्याए । ६५औं मिनेटमा नासरका लागि फतिलले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

८२औं मिनेटमा नासरका फतिलले आत्मघाती गोल गर्दै इत्तिफाकलाई खेलमा फर्काए । अन्तिम मिनेटमा इत्फिाकका विज्नाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

इन्ज्युरी समयमा नासर १० खेलाडीमा सिमित भयो । नासरका जोन डुरान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै इत्तिफाक २१ खेलमा २८ अंकका साथ आठौं स्थानमा छ । नासर समान खेलमा ४४ अंकका साथ चौथो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *