नेपाल सुपर लिगको मिनि अक्सन आज हुँदै

२०८१, १० फाल्गुन शनिबार १०:२५

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि आज (शनिवार) खेलाडी अक्सन हुँदैछ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६ गतेदेखि सुरु हुने लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

मिनी अक्सनका लागि आयोजकले जम्मा ६० खेलाडीको नाम मात्र सार्वजनिक गरेको छ । जसमा क्याटेगोरी ए बाट १५ र बी बाट ४५ खेलाडी छन् ।

आज यही ६० खेलाडीलाई अनुबन्ध गर्नका लागि अक्सन हुनेछ । यस पछि सी क्याटेगोरीका खेलाडीहरु ड्राफ्टमार्फत टिममा समावेश गर्न सकिने आयोजकले जनाएको छ ।

चार घन्टा चल्ने अक्सनअघि सुपर लिग सहभागी सबै फ्रेन्चाइज टोलीलाई रिटेन र रिलिज भएका खेलाडीका सूची उपलब्ध गराएको छ । 

यो सिजनका लागि अघिल्लो सिजन खेलेका खेलाडीमध्येबाट ए श्रेणीबाट एक र बी श्रेणीबाट दुई खेलाडी रिटेन गर्न सकिने प्रावधान लागू गरिएको थियो । यस्तै हरेक टिमको छुट्टै मार्की खेलाडी समेत हुनेछ ।

सहभागि टिमले घोषणा गरेकी मार्की र रिटेन गरेका खेलाडीको सूची यस प्रकार छ ।

काठमाडौं रेजर्स
मार्की प्लेअर : रोहन कार्की
रिटेन : दिपेश गुरुङ, कुलदिप कार्की, अभिषेक बराल

पोखरा थण्डर्स
मार्की प्लेअर :  समिर तामाङ
रिटेन : आयुष घलान, पदम भट्टराई, नरेन्द्र चौधरी

धनगढी एफसी
मार्की प्लेअर : कृतिश रत्न छुन्जु
रिटेन : देवेन्द्र तामाङ, रनदिप पौडेल, रामचन्द्र वाजी

एफसी चितवन
मार्की प्लेअर : अन्जन विष्ट
रिटेन : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना मगर

बुटवल लुम्बिनी एफसी
मार्की प्लेअर : मनिष डाँगी
रिटेन : एरिक विष्ट, सरोज तामाङ, निराजन धामी

ललितपुर सिटी एफसी
मार्की प्लेअर : अनन्त तामाङ
रिटेन : सनिश श्रेष्ठ, आदित्य शाक्य

झापा एफसी
मार्की प्लेअर : घोषणा हुन बाँकी
रिटेन : छिरिङ लामा (प्रशान्त लक्षमलाई पनि रिटेन गरिएपनि पछि हटाइएको)*

यसैगरी यस पटक केही टिमले प्रशिक्षक पनि नयाँ घोषणा गरेका छन् ।

झापा एफसी – प्रवेश कटुवाल
एफसी चितवन – नविन न्यौपाने
पोखरा थण्डर्स – सुमन श्रेष्ठ
ललितपुर सिटी एफसी – इंग्लिस प्रशिक्षक साइमन ग्रेसन (पूर्व आईएसएल क्लब बेंगलुरु प्रशिक्षक)
बुटवल लुम्बिनी एफसी – भुटानका प्रो लाइसेन्स होल्डर पुष्पलाल शर्मा

धनगढी एफसीले सहायक प्रशिक्षक घोषणा गरे पनि मुख्य प्रशिक्षक घोषणा गरेको छैन । काठमाडौं रेजर्सले पनि आफ्नो प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ ।

एनएसएलको तेस्रो संस्करणलाई लिएर टिमहरूले तयारी तीव्र पारेका छन् । खेलाडी अक्सनपछि टोलीहरू थप सशक्त बन्दै जाने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *