विभागीय टोली नेपाल पुलिस क्लब २४औं आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा फुटबल क्लबलाई १-० गोलले स्तब्ध बनाउँदै पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन उज्वल राईले निर्णायक गोल गरे । खेलको ३६ औं मिनेटमा उज्जवलले कर्नरबाट सिधैं गरेको गोलनै पुलिसको जितमा निर्णायक बन्यो ।

जितसँगै पुलिस क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक सहारा क्लब पोखरा भने पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।  

अब पुलिसले क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार हुने दोस्रो प्रि-क्वाटरफाइनलको खेलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लब र मछिन्द्र फूटबल क्लब भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *