कालाबञ्जर । सुनसरीको कालाबञ्जरमा सोमबारबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भोजपुर भेट्रान क्लब विजयी भएको छ ।

बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जर स्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा सुनसरीको बराह एघार भेट्रान क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै भोजपुरले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

भोजपुरको जितमा काजी राईले दुई तथा सुरज श्रेष्ठ र डेनीम राईले समान एक-एक गोल गरे । बराहका लागि भोला ठकुरी र यम बहादुर सुब्बाले समान एक-एक गोल गरे । ।

भोजपुरका दुई गोलकर्ता काजी राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २,१०० नगद सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताको बराहक्षेत्र खेलकुद बिकास समितिका संयोजक कपिल आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई वटा क्वाटर फाइनल खेल हुनेछन् । पहिलो खेल उर्लाबारी भेट्रान क्लब मोरङ र दुधे भेट्रान क्लब झापाबीच दिनको १ बजे हुनेछ । यसैगरी दोस्रो खेल पूर्बेली भेट्रान क्लब बिर्तामोड र हाम्रो धरान भेट्रान सुनसरीबीच दिनको ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

भरौल भेट्रान क्लबको आयोजनामामा शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस २७ गते हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताले क्षेत्रीय खेलकुदको प्रवर्द्धन गर्नका साथै स्थानिय खेलाडीलाई प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *