काठमाडौं । फ्रेन्चाइजी फुटबल लिग नेपाल सुपर लिग (एनएसएस) को तेस्रो संस्करणको खेलाडी अक्सन आगामी फागुनमा हुने भएको छ ।
एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले खेलाडी अक्सन प्रतियोगिता सुरुअघि एक महिना अघि अर्थात फागनु दोस्रो साता गर्ने तयारी गरेको छ। तर, मिति भने तय भएको छैन ।
आयोजकले यसअघि नै एन्फासँगको सहमतिमा प्रतियोगिता चैत १६ गतेदेखि सुरु हुने घोषणा गरिसकेको थियो ।
खेलाडी घाइते हुने, बाहिर जान सक्ने भएको यो पकटक अक्सन लिग सुरु हुनु एकमहिना अघि मात्र गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका महानिर्देशक श्रेयांक कार्कीले जनाएका छन् । अरु इभेन्ट्सहरूसँग नजुधे गरी अक्सन गरिने उनले बताएका छन् ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले एनएसएल आयोजनाको अधिकार एन्फासँग १७ करोड रुपैयाँमा ८ वर्षका लागि खरिद गरेको हो ।
सन् २०२१ मा भएको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।
पहिलो संस्करणमा ६ टिममात्र सहभागी भएकोमा दोस्रो संस्करणबाट ३ टिम थपेर ९ टिम पु¥याइएको छ । जसमा कमाठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, वीरगञ्ज युनाइटेड, बुटबल-लुम्बिनी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम, झाप एफसी छन् ।
