सर्जियो कोसेको प्रशिक्षकका रूपमा डेब्यु गरेको खेलमा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा मिलान कागलिरीसँग १–१ को बराबरीमा रोकिएको हो ।
साउदी अरेबियामा भएको इटालियन सुपरकप उपाधि जिते यता मिलान उत्साहित रहेको थियो । तर उसले त्यस्तै प्रदर्शन घरमा भएको खेलमा दोहराउन सकेन् । लिगमा मिलानको प्रदर्शन लगातार खराव रहेको छ ।
सान सिएरोमा घरेलु टोली मिलानका लागि एल्भारो मोराटाले खेलको ५१औं मिनेटमा गोल गरेका थिए । तर त्यसको चार मिनेटपछि नै नादिर जारेटीले कागलिरीका लागि बराबरी गोल फर्काए ।
बराबरीसँँगै मिलान १८ खेलमा २८ अंंकका साथ आठौं स्थानमा कायम छ । कागलिरी भने २० खेलमा १८ अंंकका साथ १८औं स्थानमा छ ।
त्यस्तै गएराती भएको खेलमा युभेन्ट्स टुरिनोसँग १–१, एटलान्टा उडिनेजीसँग गोलरहित बराबरीमा रोकिँदा लिसले इम्पोलीविरुद्ध ३-१ को जित निकाल्यो ।
