सभापति कप फुटबल प्रतियोगितामा शुक्रबार एक खेल हुने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् ।

प्रतियोगिताको खेल साँझ ५:३० बजेबाट सुरु हुने छ । यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबार (आज) देखि परिमार्जन गर्दै फलर्ड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।

सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

विहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३-० को प्रभावशाली जित दर्ता गरेको थियो । आज शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । उपाधि बिजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *