एन्फा महिला लिग अन्तर्गत आज प्लेअफअन्तर्गत एलिमिनेटर खेल हुँदैछ । जसमा अन्तिम चरणमा तेस्रो स्थानमा रहेका नेपाल पुलिस क्लब र चौथो स्थानमा रहेका बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र बागमतीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो पौने तीन बजेबाट शुरु हुनेछ । यस खेलमा विजयी हुने टोली क्वालिफायर-२ मा प्रवेश गर्नेछ भने पराजित टोली बाहिरिने छ ।

एन्फा महिला लिगमा आज पुलिस र बागमती चौथो पटक आमनेसामने हुँदै छन् । यसअघिका तीन खेलमध्ये दुई खेल गोलरहित बराबरीमा रोकिएका थिए भने एक खेल पुलिसले जितेको थियो । 

लिग चरणका आठ खेलमध्ये पुलिसले तीन जित र एक बराबरीसँगै १० अंक बनाएर तेस्रो हुँदै प्लेअफमा पुगेको हो । त्यसैगरी बागमतीले भने ८ खेलबाट चार अंक जोडेर प्लेअफमा स्थान बनाएको हो । 

पुलिससँग निरु थापा, पूजा राना, अमृता जैशी जस्ता राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका खेलाडी रहेका छन् । यता बागमतीसँग स्टार खेलाडी नभए पनि उसले राम्रो टिम खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *