सुदुरपश्चिम प्रदेश स्तरीय शारदा क्रिकेट लिग प्रतियोगिता आगामी चैत्रमा हुने भएको छ ।
नेपालको पहिलो फेन्टासी एप टिम ११ को मुख्य प्रायोजन र शारदा विद्या निकेतन गोदावरी ८ स्याउले बजार कैलालीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा कुल १२ क्रिकेट टिमको सहभागिता रहनेछ । प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा संचालन हुनेछ ।
प्रतियोगितामा बिजेता, उपबिजेता, सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
सुदुरपश्चिम प्रदेशमा क्रिकेटको माहोल तताईराख्न यो प्रतियोगिता संचालन हुन गइरहेको शारदा विद्या निकेतनका प्रबन्ध निर्देशक रामचन्द्र शाहीले बताए ।
प्रतियोगिता निर्देशक एवम् शारदा विद्या निकेतनका संयोजक कृष्ण पुजाराका अनुसार प्रतियोगिताले सुदुरपश्चिम प्रदेशको क्रिकेट विकासमा टेवा पुग्ने बताए ।
