नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पूजा महतो कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो ।

नेपालले एसिया छनोटको च्याम्पियन बन्दै माघ ५ देखि २० सम्म मलेसियामा हुने आइसिसी यु-१९ महिला टि-२० विश्वकपमा स्थान बनाएको हो । प्रतियोगिताका लागि नेपाली टोली पुस २७ मा मलेसियातर्फ जाने तालिका छ ।

दोस्रो संस्करणको यू-१९ महिला विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ भने नेपालले पहिलो पटक खेल्न लागेको हो ।

नेपाल रहेको समूह ‘डी ’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपाल पहिलो खेल माघ ५ मा बंगलादेशसँग खेल्नेछ भने माघ ७ मा स्कटल्यान्ड र माघ ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *