नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले म्यानचेस्टर सिटीसँग साढे नौ वर्षको सम्झौता नविकरण गरेका छन् । सम्झौतासँगै २४ वर्षिय हालान्ड सन् २०३४ को सिजन सम्म सिटीमै रहनेछन् ।

सन् २०२२ मा जर्मन क्लब बाेरुसिया डर्टमन्डबाट सिटि आएका हालान्डले हालसम्म क्लबबाट १२६ खेल खेल्दा १११ गोल गरिसकेका छन् ।

उनले सिटीबाट दुई प्रिमियर लिग उपाधि, एफए कप, च्याम्पियन्स लिग र सुपर कप जितेका छन । यि उपाधि दिलाउन हालान्डले महत्वपूर्ण योगदान दिएका थिए । डेब्यु सिजनमै उनले क्लबका लागि ५२ गोल गरेका थिए ।

हालान्डले पछिल्लो पटक २०२७ सम्म क्लबमा रहने र सम्झौता गरेका थिए । पुरानो सम्झौता सकिन २ वर्ष बाँकी रहेको अवस्थामा हालान्डले सिटीसँग नयाँ सम्झौता गरेका हुन् । यद्यपी उनले साढे नौ वर्षको सम्झौता अवधिमा क्लब भने छाड्न सक्नेछन् ।

हालान्डको सम्झौताको अवधि प्रिमियर लिगकै सबैभन्दा लामो हो । यो सम्झौताले गत अगस्टमा चेल्सीसँग कोल पाल्मरले गरेको नौ वर्षे सम्झौतालाई उछिनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *