म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार राती ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड ब्राइटनसँग ३-१ गोलअन्तरले पराजित भएको हो ।

ब्राइटनको जितमा यान्कुबा मिन्तेह, काउरु मितोमा र जर्जिनियो रुटरले गोल गरे । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेसले गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता पनि ब्राइटनले नै लिएको थियो । खेलको पाँचौँ मिनेटमा मिन्तेहले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत फर्नान्डेजले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

मातोमाले ६०औं मिनेटमा गोल गर्दा ब्राइटन २-१ ले अगाडि बढ्यो । ७६औं मिनेटमा रुटले गोल गर्दै ब्राइटनलाई ३-१ को सह जित दिलाए ।

जारी सिजनमा म्यानचेस्टर युनाइटेडको यो घरेलु मैदानमा छैटौँ हार हो । जितसँगै ब्राइटन २२ खेलबाट ३४ अंकका साथ लिगको नवौँ स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट २६ अंकका साथ १३औं स्थानमा छ ।

आइतबारै भएका लिगका अन्य खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटन तथा एभर्टनले टोटनहमलाई समान ३-२ गोलले हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *