नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टी-२० आई सिरिजको खेल तालिका परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म हुनेछ । तर, सिरिजको खेल हुने दिन भने परिवर्तन गरिएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपालका, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहनेछ ।

सिरिजको खेल तालिका अनुसार नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो टि -२० आई सिरिज हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाली टोलीको खेलतालिका
३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ जनवरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग

Leave a Reply

Your email address will not be published. Required fields are marked *