नेपालमा जारी त्रिकोणात्मक महिला टी–२० सिरिजमा थाइल्याण्डले विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्नेक्रममा थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सलाई ८ विकेटले हरायो ।

नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले २ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्‍यो ।

थाइल्याण्डका लागि  नान्नापत कोन्चारोइनकाइले ५० बलमा ५ चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् । यस्तै, अपिसरा सुवान्चोनरथीले २८, नथ्थकन चान्थमले अविजित २३ तथा नट्टाया बुचाथमले १० रन जोडे । नेदरल्याण्ड्सका लागि क्यारोलिन डे लैङ्ग र आइरिस जिविलिंगले १-१ विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनायो । 

नेदरल्याण्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् । उनले ५० बल खेल्नेक्रममा आठ चौका प्रहार गरिन् । त्यस्तै, आरिस विलिङले २८ रन जोडिन् । थाइल्याण्डका लागि थैपच पुत्टाओङले दुई विकेट लिइन् ।

सिरिजको पहिलो खेलमा नेपालमाथि नेदरल्यान्ड्सका जित निकालेको थियो । जारी सिरिजमा नेपालले दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग खेल्ने तालिका छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *