मच्छिन्द्र क्लबलाई सडन डेथमा हराउँदै संकटा क्लब राजधानीमा जारी सभापति कपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल सिधै टाइब्रेकरमा पुगेको थियो ।

तर, टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथबाट फाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाइएको थियो । सडन डेथमा संकटा ८-७ ले विजयी भएको थियो ।

पेनाल्टीमा संकटाका दीप कार्की, अबेकाह रिचर्ड, साम कार्लोस्, सृजन क्षेत्री, सन्तोष खत्री, बोटेङ इमानुएल, रोशन पहारी, राम थापा र चन्दन दासले गोल गरे ।

त्यस्तै मच्छिन्द्रका देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा करिम, सनिश श्रेष्ठ, बिमल घर्तीमगर, दिवाकर चौधरी र समिर राज थोकरले गोल गर्दा दयानन्द सिंह र आयुष घलान पेनाल्टीमा चुके ।

संकटाले उपाधिका लागि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीको विजेतासँग खेल्ने छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मंगलवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *