स्पेनिस महारथी क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति साउदी अरेबियास्थित किङ पावर स्टेडियममा भएको सेमिफाइनल खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गोल गरेका थिए । खेलको १७औं मिनेटमा गाभीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफ १-० ले अघि रहेको बार्सिलोना दोस्रो हाफमा थप १ गोल गर्‍यो ।

दोस्रो हाफको ५२औं मिनेटमा १७ वर्षका युवा खेलाडी लामिन यामलले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिड र मालोर्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल जनवरी १३ मा हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *