इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ ।

आर्सनल गएराति ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । ब्राइटनको घरेलु मैदानमा आर्सनलले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा अंक बाँड्नु परेको हो ।

खेलको १६औं मिनेटमा युवा खेलाडी इथान वानेरीले गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए । तर ब्राइटनका लागि ६१औं मिनेटमा जोआओ पेड्रोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

बराबरीपछि पनि २० खेलबाट ४० अंकसहित दोस्रो स्थानमा कायमै छ । शीर्ष स्थानको लिभरपुल भन्दा आर्सनल ५ अंकले पछाडि छ । लिभरपुलले आर्सनल भन्दा अझै दुई खेल कम खेलेको छ । ब्राइटन भने २८ अंकका साथ १० औं स्थानमा रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *