विभूषण कोइराला, भक्तपुर
तपाई लकडाउनको बेला के गर्दै हुनुहुन्थ्यो ? घरमा आराम गर्दै वा केही काम भएन भन्दै निरास हुनुहुन्थ्यो ?
प्रायः लकडाउनको समय हामी आफूलाइ आराम दिने कार्य मै बिताउने गर्थियौ । हामीलाई आफ्नो फिटनेशको खासै वास्ता हुन्थेन तर त्यही लकडाउनको बेला पूजा महतो भने आफू मोटाएको कारण फिट हुन चाहन्थिन । सोही कारण आफुलाइ फिट राख्न पूजाले क्रिकेट रोजिन् ।
भाईलाई सँधै क्रिकेट एकेडमीमा ल्याउने पुर्याउने पूजालाई भाईको प्रशिक्षकले नै क्रिकेट खेल्ने प्रस्ताव राख्दा पूजाले सो प्रस्ताव स्विकार्दै क्रिकेट खेलमा लाग्न थालिन् । आफू मोटो भएको कारण नै क्रिकेट सुरु गरेको पूजाले राइट आर्म फास्ट बलिडसँगै ब्याटिङ पनि गर्छिन् । नेपाली टोलीबाट डेब्यु गरिसकेकी पूजाले राष्ट्रिय प्रतियोगिता भने मधेश प्रदेशबाट खेल्छिन् ।
दिल्लीबाट यु १५ क्रिकेट प्रतियोगिताको छनोट खेल्न महोत्तरी आएकि पुजाको भाईले महोत्तरी क्रीकेट संघका अध्यक्ष रोशन कुमार सिंहलाई उसको दिदिले पनि क्रिकेट खेल्ने भन्दै पूजाको खेलको भिडियो देखाए । पूजाको ब्याट फ्लो र बलिङ देखेर रोशन सिंह प्रभावित भएर उनले क्यानका अध्यक्ष चतुर बहादुर चन्द माझ पूजाको बयान गरे र सिंहले नै पूजाको परिवारसँग पनि कुरा गरे ।
पूजाको परिवारसँग कुरा गरेपछि पूजालाई सिधै नेपाली टोलीको प्रशिक्षणमा लगियो र त्यहाँ उनको खेल देखेर उनलाई २२ जनाको क्याम्पमा बोलाइयो । पूजासँगै उनको बहिनी आरती पनि नेपाल आएकी थिइन तर आरतीले भने अझै मेहनत गर्नुपर्ने भन्दै उनी भने अघि बढ्न सकिनन् ।
घरेलु प्रतियोगिताको अनुभव बिना नै नेपाली टोलीको क्याम्पमा परेकी पूजाले नेपाली टोलीबाट २०२३ मा डेब्यु गर्ने मौका पाइन् । अगस्त २२ मा हङकङबिरुद्ध डेब्यु गरेकी पूजाले वुमेन्स टि-२० आईमा एउटा अर्धशतक समेत बनाएकी छिन् ।
आफूलाइ फिट राख्न क्रिकेट रोजेकी पूजाले नेपाल यु १९ को कप्तानी गर्दै नेपाललाई पहिलो पटक विश्वकपको अनुभव मात्र दिइनन्, बिश्वकप अन्तर्गत ३ खेल मा ९ विकेट पनि लिन सफल भइन् ।
पूजाको कथाबाट हामी पूजाले क्रिकेटलाई रोजेको भन्दा पनि क्रिकेटले पूजालाइ खोजेको भन्न सक्छौं ।
