जय नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आइतवार बिहार र ढाका विश्वविद्यालयको खेल पछि सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ‘ए’ बाट ढाका विजेता र नेपालको त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपविजेताका रूपमा सेमिफाइनल पुगेका छन् ।

यसैगरी समूह ‘बी’ बाट नेपालको मध्यपश्चिमले विजेता र भारतको लखनउ विश्वविद्यालले उपविजेताको हैसियतमा अन्तिम चारको यात्रा तय गरे ।

सेमिफाइनलमा ढाकाले लखनउ तथा मध्यपश्चिमले त्रिविको सामान गर्नेछन् । दुवै सेमिफाइनल सोमबार हुनेछन् । फाइनल मंगलवार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *