भारतमा जारी प्रथम खो–खो विश्वकप अन्तर्गत महिलातर्फ नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ ।

बुधबार भएको समूह चरणको तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले पराजित गरेको हो । जितसँगै नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ ।

यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई पराजित गरेको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा बिहीवार बङ्गलादेशको सामना गर्नेछ ।

पुरुषतर्फ बुधबारनै नेपालले ब्राजिलमाथि १४३-८ को फराकिलो जित हात पारेको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो । नेपाली पुरुष टोलीले समूह चरणको अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, ब्राजिल र पेरु छन् । महिलातर्फ समूह ‘सी’ मा नेपालसँगै भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् ।

महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *