एन्फा यु-१६ युथ लिग अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले सहज जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले विभायीय टोली नेपाल पुलिस क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा सनिल मगरले २ तथा सुशन थापामगर र अनिशकुमार खवासले समान १ गोल गरे ।पुलिसका लागि रोशन पोख्रेल मगरले १ गोल फर्काए ।
खेलको चौथो मिनेटमा सुशनको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । २६औं मिनेटमा अनिशले टोलीको अग्रता दोब्बर बनाए ।
सनिलले ३७ र ६९औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई ४-० ले अगाडि बढाए । ७१औं रोशनले गरेको गोल पुलिसका लागि सान्त्वना बन्यो ।
जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उकिएको छ । पराजित पुलिसको समान खेलबाट १३ अंकका साथ चौथो स्थानमा छ
