ललितपुर । जारी एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो ।

पुलिसको जितमा निरु थापा र पूजा रानाले समान एक-एक गोल गरे ।
खेलको ८औं मिनेटमा निरुले गोल गोर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा पूजाले गोल गर्दै पुलिसको जित पक्का गरिन् ।

पुलिसकी पूजा राना खेलको प्लेअर अफ दी म्याच चुनिईन् ।
पुलिसले तीन खेलबाट सात अंक जोडेको छ । तीनै खेलमा पराजित बागमती अंकविहिन छ ।
