इन्टर मिलान इटालियन सुपरकपको उपाधि नजिक पुगेको छ । बिहीबार राती सम्पन्न पहिलो सेमिफाइनल खेलमा एटलान्टालाई २-० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा पुगको हो ।

इन्टरको जितमा दुबै गोल डेजल डमफ्रिजले गरे ।नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडीले ४९औं मिनेटमा पहिलो गोल गरेपछि ६१औं मिनेटमा दोस्रो गोल थपे ।

आगामी सोमबार हुने फाइनलमा इन्टरले युभेन्टस र एसी मिलानबीचको विजेतासँँग खेल्ने छ ।

चार टोली सम्मिलित इटालियन सुपरकप साउदी अरेबियाको रियादमा चलिरहेको छ । साउदी अरेबियाले इटालीको यो घरेलु प्रतियोगिता आयोजना गरेको यो लगातार तेस्रो पल्ट हो । युभेन्ट्स गत वर्षको च्याम्पियन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *