आइसिसी महिला अण्डर-१९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन एश्ले वेन विकले अष्ट्रेलियाका महत्वपूर्ण चार विकेट लिएकि थिइन् ।
टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । निकै खराव शुरुवात गरेको अष्ट्रेलिया १२ रन २ विकेट गुमाएको थियो ।
त्यसपछि कप्तान लुसी हेमिल्टन र काओएमहे ब्रेले पारीलाई सम्हाल्ने कोशिस गरेका थिए । हेमिल्टनले १८ र काओइमहेले ३६ बनाएका थिए । अन्य व्याट्सम्यानहरु भने सस्तैमा आउटमा भएका थिए ।
१०६ रनको विजय लक्ष्य पाएको दक्षिण अफ्रिकाले उक्त लक्ष्य १८.१ ओभरमा प्राप्त गरेको थियो । दक्षिण अफ्रिकाको तर्फबाट जेम्मा बोथाले ३७ रनको उत्कृष्ट पारी खेलेकि थिइन् । त्यस्तै कप्तान कायला रेनेकेले महत्वपूर्ण २६ रनको योगदान दिएकि थिइन् ।
दक्षिण अफ्रिकाले उपाधिका लागि भारत र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
