लेटाङ । मोरङको लेटाङ नगरपालिकामा भएको प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले जितेको छ ।

प्रस्तावित बुद्ध रंगशालामा शनिबार भएको फाइनल खेलमा लेटाङ नगरपालिकालाई ३-१ ले पराजित गर्दै पथरीशनिश्चरे नगरपालिकाले उपाधि जितेको हो ।

खेलमा सुरुवाती अग्रता भने लेटाङले लिएको थियो । खेलको २१औं मिनेटमा सौलेन तामाङले गोल गर्दै लेटाङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा भने लेटाङ सम्हालिन सकेन ।

पथरीशनिश्चरेका लागि दोस्रो हाफको ८औं मिनेटमा सौर्य राउतले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । सौर्यले नै त्यसको सात मिनेटपछि अर्को गोल थप्दा पथरीशनिश्चरे २-१ ले अघि बढ्यो । दोस्रो हाफको ३४औं मिनेटमा मिक्चेन दासले थप एक गोल गर्दै पथरीशनिश्चरेलाई उपाधिको हकदार बनाए ।

फाइनलमा दुई गोल गरेका सौर्य राउत म्यान अफ द म्याच घोषित भए । उनले एक हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेता पथरीशनिश्चरे नगरपालिकाले उपाधि सहित १ लाख रुपैयाँ तथा उपविजेता लेटाङ नगरपालिकाले ५० हजार रुपैयाँ गरेको छ ।

विधागत उत्कृष्टमा पथरीशनिश्चरेका समीर क्षेत्री उत्कृष्ट गोलरक्षक, पथरीशनिश्चरेका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लेटाङका सन्दिप ठाडा मगर उत्कृष्ट मिडफिल्डर तथा पथरीशनिश्चरेका सौरे राउत उत्कृष्ट स्ट्राइकर घोषित भए । पथरीशनिश्चरेका मिक्चेन दास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । लेटाङका सौगात राई उदयिमान खेलाडी घोषित भए ।

उज्यालो जीवन प्रतिष्ठानको आयोजना तथा चिसाङ भ्याली क्लबको सहआयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिता पुस १३ देखि पुस २० गते सम्म आयोजना भएको प्रतियोगितामा उत्तरी मोरङको आठ पालिकाहरूको सहभागिता थियो ।

तस्वीर : 101 Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *