काठमाडौं । च्याम्पियन नेपाल एपीएफ क्लबकी फरवार्ड सविता रानमागर एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ को सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।

बुधबार सम्पन्न लिगमा अपराजित रहँदै एपीएफ च्याम्पियन बन्दा उत्कृष्ट प्रदर्शन गरेकी सविता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपीएफ च्याम्पियन बन्दा सविताले दुई गोल गरिन् ।

सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनले ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । यस्तै च्याम्पियन एपीएफकै रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकार्ता र सावित्री किसन उत्कृष्ट गोलकिपर घोषित भएकी छिन् । लिगभर रश्मीले ३५ गोल गरिन् ।

उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै लिगको फेयर प्ले अवार्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । फेयर प्ले अवार्डसँगै आर्मीले १ लाख ५० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *