विराटनगर । विराटनगरमा महानगर वडास्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन वडा नम्बर १४, १७, ४ र १६ विजयी भएका छन् । पहिलो खेलमा नम्बर १४ ले वडा नम्बर २ लाई ६२- २३ ले पराजित गर्यो । सोही दिन भएको दोश्रो वडा नम्बर १७ ले वडा नम्बर ८ लाई ५१-४४ ले निराश बनायो ।

त्यस्तै तेश्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १२ लाई ४८ -४१ को अन्तरले हरायो । अन्तिम खेलमा वडा नम्बर १६ ले वडा नम्बर १६ ले वडा नम्बर ७लाई ५३-१६ को अन्तरले पराजित गर्यो ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद ५१ हजार, उपविजेतालाई ३१ हजार र तेश्रो हुने दुई टिमलाई समान ११ हजार नगद पुरस्कारसहित शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने खेल संयोजक हमिद आजादले बताए ।

प्रतियोगिताको नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गरे । अघिल्लो वर्ष पनि मदन भण्डारी स्पोटर्स एकेडेमीले महानगरस्तरीय कबडी प्रतियोगिताको आयोजना गरेको र यसलाई निरन्तरता दिने मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीका अध्यक्ष गोपाल झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *